दफा २३
अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
(१)यस ऐन बमोजिम दूरसञ्चार सेवा संचालन गर्न चाहने तोकिए बमोजिमको पूँजी, प्राविधिक निपूणता तथा पेशा सम्बन्धी दक्षता भएका योग्य व्यक्तिले आफूले संचालन गर्न चाहेको दूरसञ्चार सेवा सम्बन्धी आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजना संलग्न गरी तोकिए बमोजिमका कुराहरु खुलाई प्राधिकरणले दफा २२ बमोजिम तोकिदिएको म्यादभित्र अनुमतिपत्रको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले प्राधिकरणको सिफारिश लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको दूरसञ्चार सेवा संचालन गर्ने अनुमतिपत्रको लागि जुनसुकै बखत निवेदन दिन सकिनेछ ……………….।
(३) यो ऐन प्रारम्भ हुनु अगावै नेपाल सरकारबाट अनुमति लिई दूरसञ्चार सेवा संचालन गरिहरेका व्यक्तिले आफूले संचालन गरिरहेको सेवा सम्बन्धी विवरणहरु खुलाई यो ऐन प्रारम्भ भएको छ महिनाभित्र अनुमतिपत्रको लागि प्राधिकरण समक्ष निवेदन दिई एक वर्षभित्र अनुमतिपत्र लिइसक्नु पर्नेछ ।